Nepal Government should start COVID-19 detection in Microbiology Department of TU.
More information

Nepal Government should start COVID-19 detection in Microbiology Department of TU.
१ विस्वभरि महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि देखिइसकेको छ र सरकारले एस बाट जनतालाई बचाउन भन्दै ३ हप्ते निषेधाज्ञा जारि गरेको छ ।
तर यस समयमा जति मात्रा र संख्यामा संकास्पद मानिसहरुको कोभिड-१९ परिक्षण हुनु पर्ने हो त्यो मात्रामा र त्यो संख्यामा भएको छैन ।
काठमाण्डौको टेकुमा अबस्थित जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १००० जनाको मात्र परिक्षण गर्न सफल भएको छ भने काठमाण्दौ बाहिर पोखरा र धरानबाट यसको परिक्सह्ण आज बाट सुरु गर्ने भनिएको छ ।
काठमाण्दौको जनसंख्याको चाप र टेकुको जनस्वास्थ्य प्रयोगशालामा हाल सम्म भएको परिक्षणको गति हेर्दा, यो एउटा ल्याबले मात्र काठमाण्डौको जनसंख्याको १ प्रतिशत मात्र मानिसको कोभिड-१९ परिक्षण गर्नु पर्यो भने महिनौ लाग्न सखने सहज अनुमान गर्न सकिन्छ । अझै संक्रमितको संख्या बढेमा त्यसको अनुपातमा बढ्ने संकास्पद मानिसको परिक्षण गर्न यो प्रयोगशालाको जनशक्ति र साधन स्रोतले भ्याउदैन भन्ने प्रस्ट छ ।
अर्को तिर, भाईरस र ब्याक्टेरिया कै बारेमा अध्ययन गर्न खोलिएको त्रि बीको केन्द्रिय माइक्रोबायोलोजी विभागमा कोभिड-१९ को निदान गर्न आबस्यक आर टि पी सी आर , र माइक्रोबायोलोजी मात्रै ७ बर्ष अध्ययन गरेको र पिसिआर चलाउन सक्ने दक्ष जनशक्ति एस विभागमा रहेको छ ।
माइक्रोबायोलोजी केन्द्रिय बिभाग र त्रि बि उपकुलपति ले त्रि बि लाई सरकारले अनुमति दिए तत्काल कोभिड-१९ परिक्षण सुरु गर्न सकिने जनाईरहेका छन् ।
एका तिर देश र जनता निषेधाज्ञाको कारण पिडित छन्, अर्को तिर कोभिड-१९ को परिक्शणको गति सुस्त हुँदा निषेधाज्ञाको समय लाबिने खतरा बढ्दो छ, सिमित स्रोत साधनले गर्दा केन्द्रिय जनस्वास्थ्य प्रयोगशालाले परिक्शणको गरि बढाउन सकेको छैन । तर दक्ष जनशक्ति र प्रबिधि सबै उपलब्ध देश कै प्रतिष्ठित र सबै भन्दा पुरानो विस्वविध्यालयले यो काम हामी गर्न सक्छौ भन्दै गर्दा सरकारले बेवास्ता गर्दै आएको छ ।
एस्तो अबस्थामा तपाई सम्पुर्ण नेपाली जनताले सरकारलाई दवाब दिएर तत्काल त्रीबी केन्द्रिय माइक्रोबायोलोजी विभागमा कोभिड-१९ परिक्षण सुचारु गरि धेरै भन्दा धेरै मानिसको परिक्षण गराउन पर्दछ भनि हामीले यो पेटिसन सुरु गरेका छौ ।
हाम्रो यो दवाब पुर्ण रुपमा नेपाली जनताको हितको लागि समर्पित छ ।
त्यसैले तपाई सम्पुर्ण महानुभावमा यो पेटिसनमा साइन गरेर नेपाल सरकारलाई दवाब दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
Details
Receiver: | Government of Nepal, Ministry of Health |
Start date: | 2020-03-31 |
End date: | 2020-04-30 |
Petitioner: | Jitendra S. |
Country: | KR |
Sign the petition
Topics people are talking about
Find below the topics for which people have started a petition. Click on a topic to view the petitions.